कोशी


पति-पत्नी घरभित्रै मृत फेला

पति-पत्नी घरभित्रै मृत फेला

नेपालखबर
असार २९, २०८२ आइतबार १६:२८, काठमाडौँ

सुनसरीमा श्रीमान–श्रीमती मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा एकै घरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयका अनुसार बबिया शिवमन्दिर नजिकै बसोबास गर्दै आएका ४२ वर्षीय सुदीप शर्मा खतवे आफ्नै घरमा साडीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै घरको सुत्ने कोठामा उनकी ३२ वर्षीया श्रीमती नविता खातुन पनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।

घटनाबारे आइतवार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर प्राप्त भएपछि खतिवडा सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ। घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पूर्व पर्छ। शवलाई पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad