राजनीति


नवराज सुवेदीलाई साथ दिन राप्रपाका दर्जनौँ नेता निर्वाचन आयोगमा (तस्बिरहरू)

सुवेदी भन्छन्–अध्यक्षको स्वेच्छाचारिता
नवराज सुवेदीलाई साथ दिन राप्रपाका दर्जनौँ नेता निर्वाचन आयोगमा (तस्बिरहरू)

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १२:१२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेता नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई हटाएपछि असन्तुष्ट नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। 

कारबाहीविरुद्ध उजुरी दिन सुवेदीसहितका नेताहरू आइतबार बिहान निर्वाच आयोग पुगेका हुन्। उनलाई साथ दिन दर्जनौँ नेताहरु आयोगमा पुगेका हुन्। 

महामन्त्री धवलशमशेर जबरा, बरिष्ठ नेता प्रकाशचन्द लोहनीसहितका नेता पनि साथ दिन पुगेका थिए। 

सुवेदी भन्छन्–अध्यक्षको स्वेच्छाचारिता 

यसैबीच आयोग पुगेका सुवेदीले आफूलाई थाहा नै नदिइ कारबाही गरिएको भन्दै अध्यक्षको स्वेच्छाचारिता भएको टिप्पणी गरे।

‘मलाई अनुशासन समितिबाट हटाउनु अध्यक्षको अध्यक्षको सवेच्छाचारिता हो,’ उनले भने, ‘केन्द्रीय समितिबाट भएको छैन। निर्णय गर्नुअघि मलाई सोध्नुपथ्र्यो। मैले मिडियाबाट थाहा पाएँ मलाई निकालेर अर्को ल्याउनुभयो।’

उनले पार्टी अझै बलियो होस् भनेर निर्वाचन आयोगमा आएको बताए। ‘पार्टी अझ बेलियो होस्, पार्टीभित्र यस्तो सडयन्त्र नहोस् भनेर म उजुरी दिन आएको हो,’ सुवेदीले भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad