नेपाल राष्ट्र बैंकले चार दिनका लागि ५० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट उठाउने भएको छ।
आइतबार निक्षेप संकलन उपकरण प्रयोग गरी केन्द्रीय बैंकले उक्त रकम उठाउनलागेको हो।
अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उठाउनलागेको पैसाको साउन १ गते सावाँ र ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन सक्नेछन् भने उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाइनेछ।
51
Shares

प्रतिक्रिया