राजनीति


क्रिकेटर सुशील रावललाई रुप्से होलिडेले १ लाख दिने

क्रिकेटर सुशील रावललाई रुप्से होलिडेले १ लाख दिने

नेपालखबर
असार २७, २०८२ शुक्रबार १५:२, काठमाडौँ

रुप्से होलिडेले युवा क्रिकेटर सुशील रावललाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। रावलको अपिलपछि रुप्से होलिडेले उनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीका सञ्चालक रमेश पराजुलीका अनुसार रावलको अवस्थाबारे जानकारी पाएपछि नेपाल क्रिकेट अध्यक्ष (क्यान)अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरी सहयोगको निर्णय गरिएको हो।

रावलले सामाजिक सञ्जालमा आफूलाई प्रमाणपत्र वा माला होइन, भारतमा प्रशिक्षणका लागि आवश्यक १ लाख रुपैयाँ सहयोग चाहिएको भन्दै अपिल गरेका थिए। 

हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा नेपाललाई उपाधि जिताउन उनले महत्त्वपूर्ण योगदान दिएका थिए।

रावलले भनेका थिए, 'स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ। म सुशील रावल । मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप उठाउन सफल खेलाडी। म आज घर फर्किँदै छु। बझाङबाट छनौट भएर खेले पनि दैनिकी बसाइ कञ्चनपुरको शुक्लाफाँटा ५ गर्जमुनिमा छ। अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ।'

उनले फेसबुकमा २-३ महिनापछि यू-१९ राष्ट्रिय टोलीको छनोट हुने त्यसका लागि अभ्यास गर्न भारत जानुपर्ने र अभ्यासमा करिब १ लाख खर्च लाग्ने भए पनि आफूसँग उक्त रकम नभएको पोस्ट गरेका थिए। 

आफ्नो आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले माला खादा भन्दा बढी आर्थिक कुरालाई महत्त्व दिएर सहयोगको याचना गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad