भक्तपुरको मध्यपुरठिमीमा पानी बोक्ने मिनीट्रकले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ।
शिक्षा तथा मानवश्रोत भवन अगाडि सडक खण्डमा मगर गाउँबाट शिक्षा विभागतर्फ आउँदै गरेको बा २ क १२८४ नम्बरको पानी बोक्ने मिनीट्रकले सोही स्थानमा बाटो काट्दै गरेका पैदल यात्री बालकलाई ठक्कर दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीले जानकारी दिए।
गाडीको ठक्करबाट घाइते भएका सिरहा घर भई सानोठिमी २ बस्ने वर्ष ५ को अरब यादवको उपचारको क्रममा कोरियन हस्पिटलमा मृत्यु भएको हो।
गाडीका चालक सिन्धुपाल्चोक घर भई हाल सानोठिमि बस्ने वर्ष २१ को जय बहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
78
Shares

प्रतिक्रिया