राजनीति


कांग्रेसमा अन्तर्घात गरेको भन्दै ११ केन्द्रीय सदस्य र ७ जिल्ला सभापतिविरुद्ध उजुरी

कांग्रेसमा अन्तर्घात गरेको भन्दै ११ केन्द्रीय सदस्य र ७ जिल्ला सभापतिविरुद्ध उजुरी

संयोजक ढुंगाना


नेपालखबर
असार २२, २०८२ आइतबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसका केही केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला सभापति र प्रदेशसभापतिविरुद्ध अनुशासनको उल्लंघनको उजुरी परेको छ। जारी केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले १९ जनाविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको जानकारी गराएका हुन्। 

अधिकांशको उजुरी आम निर्वाचनमा, स्थानीय तहको, प्रदेशको र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको उल्लेख रहेको उनले बताएका थिए।

'११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी प्राप्त भएको छ,' उनले बैठकमा भने। उनले उजुरीमाथि छानबिनको काम जारी रहेको पनि बताए। बैठकमा कसकसलाई उजुरी परेको हो भन्नेबारे उनले विवरण खुलाएनन्।  

कांग्रेस बैठकमा अधिकांश नेताहरूले अनुशासन समितिको भूमिकाप्रति प्रश्न उठाएका थिए। शेखर कोइरालादेखि अर्जुननरसिंह केसीसम्मले अनुशासन समिति पारदर्शी नभएको र मनलाग्दी गरेको आरोप लगाएका थिए। 

यसबारे ढुंगानाले आज आइतबार जवाफ दिएका छन्। ‘प्रमाणको आधारमा हामीले कारबाही गरेका छौँ,' उनले भने, 'उजुरीको मात्र आधारमा हामीले कारबाही गरेका छैनौँ।' नेताहरूलाई स्पष्टीकरण सोध्ने गरिएको पनि उनले सुनाए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad