राजनीति


सिंहदरबारबाट हराएको गाडी मन्त्रीकै ‘कब्जा’मा

सिंहदरबारबाट हराएको गाडी मन्त्रीकै ‘कब्जा’मा

नेपालखबर
असार २२, २०८२ आइतबार १६:१५, काठमाडौँ

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै हराएको भनिएको गाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीकै कब्जामा रहेको तथ्य फेला परेको छ।

यही असार १५ गते श्रम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै गाडी खोजी गरिदिन र संलग्न व्यक्तिलाई कारबाही गर्न आग्रह गरेको थियो। 

प्रहरीकहाँ पत्र पुगेलगत्तै गाडी मन्त्रालयमा फिर्ता गरिएको स्रोतले बताएको छ। 

मन्त्रालय स्रोतका अनुसार उक्त गाडी श्रम मन्त्री शरतसिंह भण्डारीले आफू संलग्न पार्टी लोसपका अध्यक्ष महन्थ ठाकुरलाई दिएका थिए। ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरले सो गाडी चढ्दै आएको स्रोतको दाबी छ।

महन्थपुत्री मिनाक्षी हाल वैदेशिक रोजगार बोर्डकी सदस्य छिन्। मन्त्री भण्डारीले नै उनलाई बोर्डमा नियुक्त गरेका हुन्।

स्रोतका अनुसार करिब ४ महिनाअगाडि मन्त्रालयको स्टोरबाट प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो गाडी श्रममन्त्री भण्डारीकै निर्देशनमा उनका स्वकीय सचिवले लिएर हिँडेका थिए। 

हाल मन्त्रालयमा एकजना उपसचिवलाई गाडीको आवश्यकता परेपछि उक्त गाडीको खोजी भएको थियो। 

श्रम मन्त्रालयका सचिव कृष्णहरि परष्करले शाखा अधिकृत भिमबहादुर शाहीमार्फत गाडी खोजीका लागि प्रहरी गुहारेका थिए। 

शाहीले प्रहरीलाई लेखेको पत्रमा पनि ‘नेपाल सरकार सचिवस्तरीय निर्णयानुसार’ उल्लेख छ।

सचिव पुष्करले गाडी खोजी गरिदिन र संलग्नमाथि कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेपछि मन्त्री भण्डारी भने सचिवसँग रुष्ट भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad