राजनीति


गिरिजाबाबु लडाकु व्यक्ति हो, उहाँ नभएको भए गणतन्त्र आउने थिएन : देउवा

गिरिजाबाबु लडाकु व्यक्ति हो, उहाँ नभएको भए गणतन्त्र आउने थिएन : देउवा

नेपालखबर
असार २१, २०८२ शनिबार १८:१९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्।

शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालाको आँटिलो व्यक्तित्व भएकाले नै गणतन्त्र र संविधान सम्भव भएको उल्लेख गरे।

‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो, उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन,’ देउवाले भने, ‘त्यस्तो आँटिलो व्यक्ति हो। हिम्मतिलो व्यक्ति हो। गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए। उहाँले हिम्मत गर्नुभएकै हो। अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो। गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय। उहाँले गणतन्त्र ल्याउनुभएको हो।’

त्यस्तै उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि स्मरण गरे।

‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो, सबैलाई थाहा छ,’ देउवाले भने, ‘उहाँले पार्टीबाट निकालिदिनु भयो। मैले अर्को पार्टी खोलेँ। त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ–गिरिजा र ज्ञानेन्द्र एउटै हुन्। एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad