झापामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–३ देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको छ।
शनिबार दिउँसो करिब ३ बजे महारानी चोकका अर्जुन लिम्बुको १२ वर्षीय छोरा अर्पण लिम्बु आफ्ना साथीहरूसँग पौडी खेलिरहेका बेला खोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी किच्चकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरेको थियो। खोजतलासका क्रममा दिउँसो ४ः२५ बजे अर्पण लिम्बुलाई सोही स्थानमै डुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
474
Shares

प्रतिक्रिया