नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले यो निर्णय गरेको हो।
प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।
यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि बढुवा समितिले उक्त विशिष्ट श्रेणीको उक्त पदका लागि बरालका साथै सहसचिवहरु डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई पनि सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्ले तीमध्ये वरीयतामा सबैभन्दा अगाडि रहेका बराललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरसँग बताए।
1.8k
Shares

प्रतिक्रिया