नेपाल सरकार निजामती सेवाअन्तर्गत प्राविधिकतर्फको सचिवमा दीनानाथ मिश्र बढुवा भएका छन्।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले तीन जना प्राविधिक सहसचिवको नाम सिफारिस गरेकामा मन्त्रिपरिषद्को छनोटमा मिश्र परेका हुन्।
सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।
समितिले सचिवमा बढुवा गर्न योग्य भनेर वरिष्ठतामा अगाडि रहेका सहसचिवहरू दीनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो।
मिश्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत थिए।
यस्तै चटौत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र र कर्माचार्य जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत छन्।
सचिव मधु भेटवालको अवकाशपछि रिक्त भएको दरबन्दीमा मिश्र आएका हुन्।
यस्तै बैठकले प्रशासनतर्फ सहसचिव भूपाल बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले अरु दुईजना सचिवको सरुवा पनि गरेको छ।
केही विदेश भ्रमण पनि स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले नेपालखबरलाई बताए।
Shares

प्रतिक्रिया