राजावादी समूहहरूले जेठ १५ गतेदेखि गर्न लागेको आन्दोलनमा सरकारले दमन गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू आयोग पुगेर ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रिय मानवधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हामी मानवअधिकार आयोग गयौँ र जेष्ठ १५गते हुने आन्दोलन हाम्रो तर्फबाट पूर्णरूपले शान्तिपूर्ण हुने तर सरकारको तर्फबाट हुन सक्ने दमन र हिंसाको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका छौँ।’
राजावादी दल तथा समूहहरूले यही जेठ १५ गतेदेखि राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी तथा हिन्दूराष्ट्र कायम गराउन निर्णायक आन्दोलन गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया