एक वर्षभित्र सरकारी स्वामित्वमा रहेका ५ उद्योग तथा संस्थाहरु खारेज गरिने भएको छ।
अर्थ मन्त्रालयले जारी गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाअन्तर्गत पाँच सरकारी स्वामित्वका कम्पनीलाई एक वर्षभित्र खारेज गरिने उल्लेख गरिएको हो।
खारेज हुनेमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि छन्।
कार्ययोजनाले यी कम्पनीहरु एक वर्षभित्र खारेज गरी उक्त कम्पनीको अचल सम्पत्ति सरकारको नाममा ल्याउने समेत उल्लेख गरेको छ।
186
Shares

प्रतिक्रिया