राजनीति


सरकारसँग असन्तुष्ट कांग्रेसका नेतालाई एमालेका विष्टको प्रश्न: सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा?

सरकारसँग असन्तुष्ट कांग्रेसका नेतालाई एमालेका विष्टको प्रश्न: सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा?

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १४:५३, काठमाडौँ

नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारका कामकारबाहीबारे टिप्पणी गरिरहेका सत्तासाझेदार दल नेपाली कांगेसका नेताहरूलाई प्रश्न सोधेका छन्। शुक्रबार प्रतिनिधिसभाको वर्खे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विष्टले सत्तामा रहेहरू सत्तापक्षमै होकि प्रतिपक्षमा हो चिन्न गाह्रो अवस्था भएको बताएका हुन्। 

‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ। त्यसमा कुनै सत्यता छैन । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन्। कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन्। असहमति भए त्यहीँ नै समाधान खोजौँ,’ उनले भने, 'कहिलेकाहीँ त यस्तो लाग्छ- सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ। यो प्रकारको अवस्थाबाट माथि उठौँ। गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालालगायत नेताले सरकारको गति सुस्त भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन्।  
 
उनले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँ, कतै समस्याहरू उत्पन्न भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको दाबी गरे। 'ठूला दुई दलसहित बनेको यो सरकार राजनीतिक स्थिरताको लागि हो,’ विष्टले भने, ‘यो सरकार गयो-गयो भनेर जुन प्रकारले निराशा पैदा गर्ने गरी, अस्थिरता पैदा गर्ने गरी प्रयत्न गरिँदै छ। यसमा कुनै सत्यता छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad