राजनीति


वर्षमान पुनले गगन थापालाई किन दिए धन्यवाद?

वर्षमान पुनले गगन थापालाई किन दिए धन्यवाद?

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १५:४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले सत्तारुढ दलका नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्। पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन्। 

 'हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए। तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ,' उनले भने, 'यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन। आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले वर्तमान सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको आरोप लगाए।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad