राजनीति


रवीन्द्र र धवलसहित ७१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

रवीन्द्र र धवलसहित ७१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

नेपालखबर
चैत १७, २०८१ आइतबार १३:५, काठमाडौँ

तीनकुने हिंसा घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ७१ जनाविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र राणासहित पक्राउ परेका ७१ जनाविरुद्ध आगजनी, कर्तव्य ज्यान, राज्यविरुद्धको कसुर र लुटपाटमा मुद्दा हाल्न लागिएको हो। 

‘तर कसलाई कुन-कुन मुद्दा लगाउने भन्ने विषयमा हामी छलफल गर्दै छौँ’, एसपी बोहराले आइतबार नेपालखबरसँग भने, ‘दिउँसो ३/४ बजेसम्ममा हामी निष्कर्षमा पुग्छौँ।’

उनका अनुसार तीनकुने घटनामा पक्राउ परेका १११ जनामध्ये ४० जनालाई भने छाडिएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले राजसंस्था पुनःस्थापनाका लागि भन्दै चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने दर्जनभन्दा बढी भवनमा तोडफोड, आगजनी र लुटपाट हुँदा करोडौँको धनमाल क्षति भएको छ।

तर त्यस दिन नाइके बनेका दुर्गा प्रसाईं भने फरार छन्। प्रहरीले उनलाई खोजिरहेको छ।  त्यसो त सरकारले तीनकुने ताण्डवका प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै उनीविरुद्ध कडा नीति लिइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad