चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ। चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ।
नयाँ कथावस्तु निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ। यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन्। मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन्। साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ।
यसैबीच, फिल्ममा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन्। नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निवार्ह गर्ने पक्का भएको छ।
उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन्। उनले ‘साँगुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत चलचित्रमा काम गरेका थिए ।
सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् ।
‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ। चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तन देखाइनेछ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्। यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्। हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने छ। पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। चलचित्रमा थानेश्वर गौतमको संगीत रहने बताइएको छ ।
Shares

प्रतिक्रिया