राजनीति


दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका प्रचण्ड र राष्ट्रपतिबीच ४५ मिनेट कुराकानी

दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका प्रचण्ड र राष्ट्रपतिबीच ४५ मिनेट कुराकानी

नेपालखबर
चैत ११, २०८१ सोमबार १६:२५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल लगाएर पुगेका छन्।

प्रायः टाइसुट लगाएर हिँड्ने प्रचण्ड आज भने दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका हुन्।   

उनीहरूबीच ४५ मिनेट कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले नेपालखबरलाई जानकारी दिइन्।

'समसामयिक राजनीतिक घटनाको बारेमा कुराकानी भयो,' उनले भनिन्, 'जनतामा असन्तुष्ट बढेकोबारे राष्ट्रिपतिले चिन्ता व्यक्त गर्नुभयो।'

आजै प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायको विषयमा छलफल हुँदैछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad