नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजिरहेको हल्ला चल्न थालेको भन्दै सरकारलाई प्रश्न सोधेका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले ऊर्जा मन्त्रालयको पछिल्लो कामकारबाहीमा प्रश्न उठाएका हुन्।
उनले मन्त्रीको आलोचना गर्दा दूधकोसी जलविद्ययुत्का सीईओ विमल गुरुङलाई कारबाही गरिएको विषयमा प्रश्न उठाएका हुन्।
'कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भन्ने हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे?,' पौडेलले भने, 'घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गरे कुलमानले?भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे कुलमानले?'
Shares

प्रतिक्रिया