राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरूको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चोरी पैठारी गरि ल्याइएको समानहरू लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौंको राजश्व गुमाउनु परेको बताए।
‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरुको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ,' उनले भने, 'त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ।’
उनले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
18
Shares

प्रतिक्रिया