नेकपा एमालेमा आउन तम्सिरहेका नेता वामदेव गौतमलाई पार्टीबाट निलम्बित नेतृ उषाकिरण तिम्सेनाले सुझाव दिएकी छन्।
सुरुमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित हुने बताएका वामदेवले पछिल्लो समय भने एकाएक एमालेमा प्रवेश गर्ने घोषणा गरे।
तर हालै बसेको एमाले सचिवालय बैठकले भने ‘वामदेवसँग सहकार्य गर्दै जाने’ निर्णय गरेपछि उनको पार्टी प्रवेशमा ‘ब्रेक’ लागेको छ।
यसैबीच गत पुस १० देखि ६ महिनाका लागि एमाले केन्द्रीय सदस्यबाट निलम्बित तिम्सेनाले वामदेवलाई भोट सूर्य चिह्नमै हाल्न र जिन्दगी आफ्नै मर्जीमा चलाउन सुझाव दिएकी हुन्।
तिम्सेनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड वामदेव गौतमलाई नमागेको एउटा सुझावः सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्ने र बुढेसकालतिर ढल्केको जिन्दगीलाई आफ्नै मर्जीमा चलाउने।’
हाल वामदेव नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक छन्। तर उनले एमालेमा फर्किने घोषणा गरेपछि अभियानका बहुमत केन्द्रीय सदस्य उनीबाट अलग भएका छन्।
Shares

प्रतिक्रिया