सत्तारुढ नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
महासचिव पोखरेलले सार्वजनिक गरेका निर्णय नम्बर ४ मा भनिएको छ, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने।’
गौतमले आफू एमालेमा फर्किने तयारीमा रहेको बताइरहेका बेला एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
महासचिव पोखरेलका अनुसार मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको ४४औँ बैठकले गरेका अन्य ३ निर्णय यस्ता छन्:
१. माघ, फागुन र चैत्र महिनामा वडाकेन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने। अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने।
२. अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने।
३. पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराइज हलमा आयोजना गर्ने।
Shares

प्रतिक्रिया