समाज


हबलदारसहित १५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

हबलदारसहित १५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८१ बिहिबार ८:२९, काठमाडौँ

एक हबलदारसहित नेपाल प्रहरीका १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज (बिहीबार) सूचना जारी गर्दै १५ जना प्रहरी महिनाभन्दा लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। 

आफूखुशी गैरहाजिर रहनेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हबलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हबलदार चेतन महतारा छन्। 

हबलदार र सहायक हबलदारहरु मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गैर हाजिर हुनेमा प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालयका सहयोगी समेत छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन रहेका सूचनामा उल्लेख छ।  

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई  सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad