राजनीति


रावललाई निष्काशन, पाण्डे र तिम्सेनाको निलम्बन केन्द्रीय कमिटीबाट पनि अनुमोदन

रावललाई निष्काशन, पाण्डे र तिम्सेनाको निलम्बन केन्द्रीय कमिटीबाट पनि अनुमोदन

नेपालखबर
पुस २१, २०८१ आइतबार १८:४२, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेताहरुमाथिको कारबाहीलाई अनुमादेन गरेको छ। 

गत पुस १० गते बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निष्काशन गर्ने र अन्य दुई नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो। 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए।

‘राजनीतिक प्रतिवेदन प्रस्तुत भएपश्चात् १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘र ती निर्णयहरू अनुमोदन भइसकेका छन्। केन्द्रीय कमिटीमा मोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad