राजनीति


प्रचण्डको प्रतिवेदनमा पार्टी एकतामा जोड, यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा

प्रचण्डको प्रतिवेदनमा पार्टी एकतामा जोड, यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा

नेपालखबर
पुस १८, २०८१ बिहिबार १७:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रले पार्टीभित्रको एकतालाई जोड दिएको छ। 

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनका विषय राख्दै सो कुरा बताएका हुन्।

‘आज त केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल भयो, केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ एक नेताले नेपालखबरसँग भने, ‘प्रतिवेदनमा पार्टी पुनःनिर्माण र सुदृढ गर्ने मेन स्प्रिट छ। एकताबद्ध भएर पार्टी अगाडि बढाउने, अन्य घटकसँग एकता गर्ने विषय समेटिएको छ। पार्टीभित्र एकताबद्ध भएर जाने, बाहिरका पनि विचार मिल्नेसँग एकता गरेर जाने भन्नुभएको छ।’

माओवादीले २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ। सो बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दै छन्। यद्यपि, प्रतिवेदन स्थायी समिति सदस्यलाई उपलब्ध गराएको छैन।

बैठकमा उनले मौखिक जानकारी दिएर सुझाव मागेको स्थायी समिति सदस्य जयपुरी घर्तीले जानकारी दिइन्। 

‘स्थायी समिति सदस्यले भोलिदेखि प्रतिवेदनमा सुझाव पेस गर्ने तय भएको छ,’ उनले भनिन्। 

यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा
केन्द्रीय समिति बैठकका लागि प्रस्तावित एजेन्डाहरूमा सहिदप्रति श्रद्धाञ्जली, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, कार्यविभाजन, आगामी कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, सांगठनिक योजना, समसामयिक प्रस्तावलगायत छन्।

एक पदाधिकारीका अनुसार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पार्टीमा भूमिका दिने निर्णयलाई अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिँदै छ।

यस्तै, पदाधिकारीदेखि अन्य नेताहरूको कार्यविभाजन पनि हुनेछ। 

माओवादीको भोलि शुक्रबार ११ बजे स्थायी समिति बैठक बस्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad