हङकङबाट उत्तरतर्फ जाने यात्रुहरू अब ७ घण्टामै हाङझाउ पश्चिम पुग्ने भएका छन्। आइतबार (जनवरी ५) देखि सञ्चालन हुने नयाँ उच्च गतिको रेल सेवामार्फत छोटो समयमै हाङझाउ पुगिने भएको हो।
आधिकारिक अनलाइन रेल टिकट बुकिङ प्लेटफर्म १२३०६ का अनुसार, जी९९ रेल हाङझाउ पश्चिमबाट दिउँसो ३:१० बजे छुट्नेछ, हुआङशान उत्तर, नान्चाङ पूर्व र अन्य स्टप हुँदै राति ९:५६ बजे पश्चिम काउलुन स्टेसनमा आइपुग्नेछ।
रेल जी१०० को हकमा भने बिहान ११:३७ बजे पश्चिम काउलुन स्टेसनमा प्रस्थान गर्नेछ र ६ घण्टा ५० मिनेटको यात्रापछि साँझ ६:२७ बजे हाङजाउ पश्चिम आइपुग्ने तालिका छ। (द स्ट्यान्डर्ड)
111
Shares

प्रतिक्रिया