ad ad

राजनीति


पश्चिम नवलपरासीमा राप्रपाको एकता

पश्चिम नवलपरासीमा राप्रपाको एकता

नेपालखबर
चैत ४, २०७६ मंगलबार ६:१७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीको एकता टुंगिएको छ।

राप्रपा र राप्रपा (संयुक्त)बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुंग्याइएको सो पार्टीले जनाएको छ।

केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो।

एकीकरणपछि राप्रपाको जिल्ला अध्यक्षमा ओमबहादुर सिंह चयन हुनुभएको छ। पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानको उपस्थितिमा सोमबार परासीमा भएको जिल्ला समायोजन भेलाले साविक राप्रपा (संयुक्त)का जिल्ला अध्यक्ष सिंहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

साविक राप्रपाका जिल्ला अध्यक्ष बाबुराम शर्मा पौडेल एकीकरणपछि पार्टीको जिल्ला उपाध्यक्ष चयन भएका छन्। तत्कालीन राप्रपा (संयुक्त)को २९ सदस्यीय र राप्रपाको १६ सदस्यीय जिल्ला समितिलाई समायोजन गरी ४५ सदस्यीय जिल्ला समिति बनाइएको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।

उनका अनुसार नवगठित पार्टीको अन्य उपाध्यक्षमा किरण ज्ञवाली, सम्झना चौधरी, सञ्जय श्रीवास्तव, सचिवमा माधवलाल श्रेष्ठ, कोषाध्यक्षमा जनार्दन यादव तथा जिल्ला प्रवक्तामा सन्तोषकुमार पाण्डे चयन भएका छन्। जिल्लाको एकता सकिएकाले अब स्थानीय तहसम्मको एकतालाई पूर्णता दिँदै जाने प्रवक्ता पाण्डेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .