हाल अस्ट्रेलियामा रहेका अमेरिकी नायक टम ह्यांक्स र विल्सन एकहप्ता अगाडि कोरोनाबाट संक्रमित बनेका थिए। उनीहरु अस्पताल भर्ना भएका थिए।
यतिबेला आफूहरुमा कोरोनाको कुनै संकेत नदेखिएको उनीहरुले बताएका छन्। हाल उनीहरु घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेका छन्।
सामान्य रुघाखोकी लागेपछि अस्पतालमा परीक्षण गराउँदा ह्यांक्स दम्पतीमा कोरोना देखिएको थियो।
हालसम्म अस्ट्रेलियामा ४४० जनामा कोरोनाको संक्रमित देखिएका छन्। त्यहाँ पाँच जनाको मृत्यु भइसकेको छ।
3
Shares
प्रतिक्रिया