ad ad

समाज


मलेसियाद्वारा १३ दिन सार्वजनिक गतिविधि बन्द, विदेशीलाई प्रवेशमा रोक

मलेसियाद्वारा १३ दिन सार्वजनिक गतिविधि बन्द, विदेशीलाई प्रवेशमा रोक

नेपालखबर
चैत ४, २०७६ मंगलबार ६:१५,

मलेसियाले बुधबारदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ।

प्रधानमन्त्री मुहिद्दिन यासिनले आगामी मार्च ३१ सम्मका लागि स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने बताएको एजेन्सीहरुले जनाएका छन्।

अत्यावश्यक उपभोग्य वस्तु अभाव रोक्न सुपरमार्केट, फुडस्टोर र औषधि पसलहरु भने खुल्ला रहनेछन्।

उक्त अवधिमा कुनै पनि मलेसियालीलाई विदेश जान र विदेशबाट मलेसिया प्रवेश गर्नेलाई पनि रोक लगाइएको छ। विश्व महामारीको रुप लिएको कोरोना भाइरस थप फैलिन नदिन यस्तो निर्णय गर्नुपरेको प्रधानमन्त्री मुहिद्दिनले देशवासीलाई सम्बोधनका क्रममा जानकारी दिएका हुन्।

यो निर्णयपछि प्रार्थना, भेलालगायत सबै प्रभावित हुनेछन्। विदेशबाट भर्खरै मलेसिया आएका सबैलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। मलेसियामा नयाँ १ सय २५ जनामा कोरोना संक्रमण भेटिइसकेको छ। योसँगै कुल ५५३ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ बिरामी उपचारपछि स्वस्थ भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .