राजनीति


जनताको प्रश्न सुन्न नसक्नु सत्ताको चरम कायरता हो: गगन थापा

जनताको प्रश्न सुन्न नसक्नु सत्ताको चरम कायरता हो: गगन थापा

नेपालखबर
असार २७, २०८३ शनिबार २१:३९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी अभियन्तालाई पक्राउ गरिएकोमा विरोध जनाएका छन्। 

सभापति थापाले सामाजिक सञ्जालमार्फत आफनो भनाइ राख्दै जेनजी अभियन्तालाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन्। उनले भनेका छन्, ‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।’

उनले सरकार असहिष्णु भएको टिप्पणी गरेका छन्। ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि!,’ थापाले भनेका छन्। 
लोकतन्त्रमा सबैले प्रश्न गर्न पाउने उनले स्मरण गराएका छन्। आलोचनालाई दमनबाट नभइ संवादबाट सम्बोधन गर्नु राज्यको दायित्व भएको उनले उल्लेख गरेका छन्। 

‘चत होस्ः लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन। सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ,’ थापाले भनेका छन्, ‘आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।’

फरक मत सुन्न नसक्नु सत्ताको कारयता भएको उनले बताएका छन्। थापाले भनेका छन्, ‘फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad