ad ad

राजनीति


अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपति कार्यालय पुग्यो

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपति कार्यालय पुग्यो

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:५७,

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।

मंगलबार अपरान्ह मन्त्री खतिवडाले पदबाट राजीनामा दिएका हुन्।

अर्थमन्त्री खतिवडाले बुझाएको राजीनामा पत्र राष्ट्रपति कार्यालय आइपुगेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए।

‘उहाँ (अर्थमन्त्री) को राजीनामा पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ’, नेपालखबरसँग कुरा गर्दै अधिकारीले भने। राजीनामा दिनुअघि मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

राष्ट्रियसभामा डा. खतिवाडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये राष्ट्रपतिबाट मनोनित खतिवडा पनि एक हुन्।

कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन्। तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने भएका छन्।

‘गैरसांसदलाई पनि ६ महिना मन्त्री बनाउन पाउने स‌ंवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले उहाँलाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .