ad ad

समाज


कोरोनाभाइरस गाईको गहुँत र गोबरले निको पार्छः भाजपा सांसद

कोरोनाभाइरस गाईको गहुँत र गोबरले निको पार्छः भाजपा सांसद

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:४९,

हरिप्रियाले गहुँत र गोबरले कोरोनाभाइरस निको हुने बताएपछि यस विषयले भारतभर चर्चा पाएको छ।

इकोनोमिक टाइम्सका अनुसार उनले संसदमा भनेकी थिइन्,‘हामीलाई थाहा छ गाईको गोबर कति प्रभावकारी छ। त्यस्तै, जब हामी गहुँत छर्कन्छौं त्यसले उक्त स्थान पवित्र बनाउँछ। मलाई विश्वास छ हामीले गहुँत र गोबरको प्रयोगबाट कोरोनाभाइरस निको पार्नसक्छौं।’

भारतमा हालसम्म ६ जना कोरोनाभाइरसबाट संक्रमित बनेका छन्। विश्वभर ९१ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट ३ हजार ११६ जनाको मृत्यु भइसकेको छ।

वैज्ञानिकहरुले हालसम्म पनि कोरोनाको औषधि पत्ता लगाउन सकेका छैनन्। यसबीचमा हरिप्रियाको भनाइ आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .