राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिजिवी संघको आयोजनामा ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।
बिहीबार (असार १८ गते) काठमाडौँको बागबजारस्थित होटल हार्दिकमा हुने उक्त कार्यक्रममा जर्मन कम्युनिस्ट पार्टीकी नेतृ तथा क्रान्तिकारी पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय को–अर्डिनेशन्स (आईसीओआर) का संयोजक मोनिका गार्टनर ऐंगेलले कार्यपत्र प्रस्तुत गर्नेछिन्।
अन्तरक्रियामा नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।
यस्तै, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली, वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ तथा संविधानसभा सदस्य लिला न्याईँच्यार्ई र बुद्धिजिवी महादिप पोख्रेललगायतले कार्यपत्रमाथि धारणा राख्ने छन्।
Shares

प्रतिक्रिया