कोरोनाभाइरसबारे पहिलोपटक अभिव्यक्ति सार्वजनिक गर्दै उत्तरले कोरोनाभाइरसको संक्रमण नभएको दाबी गरेको हो।
गत जनवरीमा उत्तरले आफ्ना छिमेकी राष्ट्रहरुलाई कोरोनाको त्रास बढेकाले आफूले सिमाना बन्द गरिदिने जानकारी गराएको थियो।
उत्तरले छिमेकी मूलुकबाट निर्यात भएका सामाग्रीमा पनि कोरोनाको संक्रमण परिक्षण हुने बताएको थियो।
उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार हाल उत्तरले ७ हजार जनामा कोरोनाको परिक्षण गरिरहेको छ।
हालसम्म कसैमा कोरोनाको संक्रमण नदेखिएको केसीएनएले बताएको छ। उत्तर नजिकै दक्षिण कोरियामा भने ५ हजारभन्दा बढीको कोरोनाको संक्रमण देखिएको छ। टाइम म्यागेजिन
प्रतिक्रिया