राजनीति


उद्योगमन्त्रीले प्रधानमन्त्री कार्यालयमा बुझाइन् १०० दिने प्रगति

उद्योगमन्त्रीले प्रधानमन्त्री कार्यालयमा बुझाइन् १०० दिने प्रगति

नेपालखबर
असार १७, २०८३ बुधबार १७:३१, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्ने १०० दिने प्रगति विवरण  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्। 

सरकार गठन भएपछिको १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उनको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।

देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आमनागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उनको भनाइ छ।

प्रगति विवरणमा विभिन्न ऐननियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू समेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad