प्रधानमन्त्री केपी शर्मा ओलीले आज (अइतबार) साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
बुधबार मिर्गौला प्रत्यारोण हुने भएपछि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्र ओलीले आइतबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुने ।
यसअघि सामन्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्दै आएको थियो।
‘आइतबार साँझ मन्त्रिपरिषदको बैठक बस्ने सूचना आएको छ’, नेपालखबरसँग कुरा गर्दै एक मन्त्रीले भने, ‘भोलि (सोमबार) उहाँ अस्पताल भर्ना हुने भएका कारण आज बोलाउनु भएको हुनसक्छ।’
मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई कार्यभारको जिम्मेवारी दिन सक्ने सम्भावना भएको ती मनत्रीले बताए।
3
Shares

प्रतिक्रिया