७२ वर्षका मोहिउद्दीन शनिबार प्रधानमन्त्री नियुक्त भएका थिए। आइतबार उनले प्रधानमन्त्रीको शपथ लिएको बीबीसीले जनाएको छ।
महाथिर मोहम्मद सत्तामा आएपछि मलेसिया र पाकिस्तान नजिकिएका थिए। महाथिरले कस्मिर मुद्दामा पाकिस्तानको साथ दिएको थियो। हाल भारतमा जारी नागरिकता कानूनविरुद्धको प्रर्दनमा पनि महाथिरले समर्थन जनाएका थिए।

सन् १९८१ देखि महाथिर प्रधानमन्त्रीको रुपमा सत्तामा आएका थिए। त्यसपछि सन् २०१८ पनि महाथिर प्रधानमन्त्री बने। दोस्रोपटक पनि पाकिस्तान र मलेसिया नजिकिँदा भारतसँगको सम्बन्ध बिग्रियो।
मलेसियामा एक हप्तायता राजनीतिक रस्साकस्सी चलेपछि ९४ वर्षका महाथिरले केही दिन अगाडि आफ्नो गठबन्धनसँग सम्बन्ध तोड्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।
शनिबार मोहिउद्दीन यासीनले आफूसँग संसदमा बहुमत भएको दाबी गरेपछि राजाले उनलाई प्रधानमन्त्रीको नियुक्त गरेका हुन्।

प्रतिक्रिया