ad ad

राजनीति


नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८१ बुधबार ८:३३, काठमाडौँ

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति तय गर्न आज (बुधबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ। 

बैठकमा  पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुनेछ। 

संसद्‌मा दुई ठूला दल कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यका लागि सोमबार मध्यराति सहमति गरेका छन्। 

बैठकमा उक्त विषयमा समेत छलफल हुने बताइएको छ।

कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .