राजनीति


संसदमा विदुशी राणा: राइडरको सामाजिक सुरक्षा खोइ?

संसदमा विदुशी राणा: राइडरको सामाजिक सुरक्षा खोइ?

सांसद विदुशी राणा


नेपालखबर
असार ३०, २०८३ मंगलबार १६:१३, काठमाडौँ

उद्योगी पृष्ठभूमीबाट सांसद बनेकी विदुशी राणाले राइड सेयरिङ तथा डेलिभरि पेशामा संलग्न युवाका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले राइडरहरुको कानुनी पहिचान, श्रमको सम्मान, सामाजिक सुरक्षा, बीमा सुनिश्चित गरिनुपर्ने बताइन्।

‘हजारौँ नेपाली युवाले मोटरसाइकल, साइकललाई केवल सवारी साधन मात्र नभई आफ्नो जीविकोपार्जनको आधार पनि बनाएका छन्। यही पैसाबाट उनीहरुले आफ्नो परिवार पालिरहेका छन्। छोराछोरीको शिक्षा धानिरहेका छन्’, संसदमा उनले भनिन्, ‘उनीहरुको श्रमको सम्मान र सामाजिक सुरक्षा अझै सुनिश्चित हुन सकेको छैन। दुर्घटना हुँदा सुरक्षा छैन। बिरामी पर्दा स्वास्थ्य सुरक्षा छैन। चालकहरुको कानुनी पहिचान समेत प्रष्ट छैन।’

डिजिटल अर्थतन्त्रको एउटा हिस्सा बनेका यस्ता चालकहरुलाई नीतिगत संरक्षणबाट बञ्चित राख्नु न्यायोचित नहुने उनले बताइन्। ‘सरकारसँग आग्रह गर्न चाहन्छु, राइड सेयरिङ तथा डेलिभरी क्षेत्रमा कार्यरत श्रमिकहरुको कानुनी मान्यता सामाजिक सुरक्षा, बीमा तथा सुरक्षित कार्य वातावरण तत्काल ल्याइयोस्।’

नेपालमा पठाओ, याङ्गो, इनड्राइभर, उबरसहितका राइड सेयरिङ कम्पनीले सेवा दिइरहेका छन्। यो क्षेत्रमा हजारौँ युवा संलग्न छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad