राजनीति


ऐनबहादुर महरलाई गोली हानेर मार्ने धम्की, संसदलाई गराए जानकारी

ऐनबहादुर महरलाई गोली हानेर मार्ने धम्की, संसदलाई गराए जानकारी

नेपालखबर
असार ३०, २०८३ मंगलबार १५:१०, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गाली हान्ने धक्की आएको छ। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई गोली हानेर मार्ने धक्की आएको जानकारी गराएका छन्। आफू जनताको आवाज बोल्दै आएको र सरकारको विरोध गर्दा धम्की आइरहेको उनले बताए। 

‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौँ, जनताको कुरा बोल्न। हामी निरपेक्ष रुपमा सरकारको विरोध गर्दैनौँ,’ महरले भने, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं।’

तर, आफूले संसद्मा बोलेको कुरालाई लिएर धम्की आइरहेको उनले बताए। ‘बिडम्बना, सरकारमा बोलिरहँदा केही मान्छेलाई सरकारको विरोध गरेको आभाष हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ। गोली हानिदिन्छु, मारिदिन्छु भन्या छ,’ उनले भने। 

आज पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ज्यान मार्ने धम्की आएको उनले सुनाए। ‘भरखरै मात्रै दुई जनाले मेरो स्टाटस्मा कमेन्ट गर्नु भएको छ,’ उनले कमेन्ट पढेर सुनाए, ‘ऐन महर, आमा कसम, तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभाछ, ठेगाना पनि दिनुभाछ, आजै भन्नुभाछ।’

गोली हानेर ज्यान मार्ने धम्की दिने व्यक्तिले कमेन्टमा आफ्नो नम्बर र ठेगाना पनि राखेका छन्। महरले पढेर सुनाए, ‘पराजुली भन्ने नामबाट आएको छ। नम्बर ९७०३०९०३७७, काठमाडौँ महाकाल बौद्ध संगम चोक बस्ने भन्नु भाछ।’

त्यस्तै, अर्का व्यक्तिले पनि गोली हान्ने धम्की दिएको उनले सुनाए। सांसद महरले भने, ‘अर्को, पूर्णविक्रम क्षेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad