जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) राति काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना रहेकाले खोला/नदी छेउमा होसियारी अपनाउन सुझाव दिएको छ।
मौसम विभागका अनुसार काठमाडौँ उपत्यकास्थित बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरालगायत खोलामा बाढी बढिरहेको छ।
सचेत गराउँदै विभागले अगाडि भनेको छ, ‘आज राति थप वर्षा हुने पूर्वानुमान रहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा तथा करिडोर भई यात्रा गर्नु हुनेले बिहानसम्मै सतर्क रहनुहोला।’
1.3k
Shares

प्रतिक्रिया