प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार उदासिन रहेको बताए।
सांसद रानाले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिवद्धता जनाए पनि ती दिनहरू विकासभन्दा बढी विवादमा बितेको बताए।
स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उनले अस्पतालहरूमा रेबिज र क्यान्सर जस्ता गम्भीर रोगका औषधिको अभाव रहेको, नेप्से परिसूचकमा गिरावट आएको र निजी क्षेत्र सशङ्कित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए।
यस्तै, युवा पलायनको क्रम नरोकिएको र कुपोषणको समस्या तिब्र गतिमा बढिरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे।
Shares

प्रतिक्रिया