आज (मंगलबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बैठकले केही दूरसञ्चार प्राधिकरणका सदस्यहरू नियुक्ति गर्ने बताइएको छ। प्राधिकरणमा चार सदस्य नियुक्त गर्न लागिएको हो।
यस्तै संसद् बैठक पनि अन्त्य गर्न सक्ने एक मन्त्रीले बताए। संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश ल्याउने सरकारले तयारी गरिरहेको ती मन्त्रीको भनाइ छ।
6.9k
Shares

प्रतिक्रिया