कारोबार


सरकारको सक्रिय खाता ८ खर्बले बचतमा, भुक्तानी सन्तुलनमा झन् धेरै बचत

सरकारको सक्रिय खाता ८ खर्बले बचतमा, भुक्तानी सन्तुलनमा झन् धेरै बचत

नेपालखबर
असार २९, २०८३ सोमबार २२:४९, काठमाडौँ

जेठसम्म सरकारको चालू खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा रहेको देखिएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रहेको छ। अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको थियो। 

यसैगरी, समीक्षा अवधिमा रु.२२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी
मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ७ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad