ad ad

राजनीति


रास्वपाबाट राजदूत बन्न आवेदन दिने आज अन्तिम दिन, दुई सय बढी इच्छुक

रास्वपाबाट राजदूत बन्न आवेदन दिने आज अन्तिम दिन, दुई सय बढी इच्छुक

नेपालखबर
असार १४, २०८१ शुक्रबार १६:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट राजदूत बन्न दुई सय बढीले आवेदन दिएका छन्। रास्वपाले राजदूत सिफारिस मापदण्ड नै तय गरेर राजदूत बन्न चाहनेलाई आवेदन खुलाएको थियो। 

गत सोमबारबाट रास्वपाले खुलाएको अनलाइन प्रक्रियामार्फत लगभग दुई सय बढीले आवेदन दिएको सांसद शिशिर खनालले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, आज (शुक्रबार) सम्मका लागि आवेदनको दिन तोकिएको छ। 

‘भोलि दिनभर आएका आवेदनहरू अध्ययन गरेर सकेसम्म आइतबार नाम पार्टीमा सिफारिस गर्ने तयारी गरेका छौँ,’ खनालले भने। 

रास्वपाले मापदण्ड तयार पार्नका लागि खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनेको थियो।

कार्यदलले रास्वपा उपसभापति समेत रहेका सांसद डा. स्वर्णिम वाग्लेसँग अन्तिम छलफल गरेर नाम टुंगो लगाउनेछ। 

राजूत नियुक्तिका लागि विभिन्न ७ मापदण्ड तय गरिएको छ।

सरकारले गत शुक्रबार (असार ७) ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ।

गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ।

राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।  

खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। 

रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .