ad ad

राजनीति


प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदूत नियुक्ति समावेशी भएन

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदूत नियुक्ति समावेशी भएन

नेपालखबर
असार १४, २०८१ शुक्रबार १६:४१, काठमाडौँ

मधेशी आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै राजदूत नियुक्तिमा समावेशिता नभएको गुनासो गरेको छ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लेखेको पत्रमा नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समानताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको उल्लेख छ।

सो पत्रमा विगत केही वर्षदेखि राज्यका विभिन्न अंगहरू जस्तै कूटनीतिक नियोग, संवैधानिक निकाय आदिमा हुने नियुक्तिमा मधेशी समुदायको शून्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छ।

यसरी राज्यका विभिन्न महत्वपूर्ण निकायहरूमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएको पत्रमा उल्लेख छ।

सो पत्र मार्फत आयोगले आगामी दिनहरूमा हुने नियुक्तिहरूमा समानुपातिक समावेशिता तथा समानताको सिद्धान्तलाई अक्षरसः कार्यान्वयन हुने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .