राजनीति


दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध थप आन्दोलन घोषणा

दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध थप आन्दोलन घोषणा

नेपालखबर
फागुन ११, २०७६ आइतबार १४:५०,

सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नेकपा (मसाल) लगायतका १० राजनीतिक दलहरुले थप आन्दोलनको घोषणा गरेका छन्।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाल बन्द’ लगायत संघर्षको घोषणा गरेको जनाइएको छ।

घोषित कार्यक्रम अनुसार फागुन १२ गते व्यवस्थापिका संसदका सदस्यहरुलाई एमसीसी सम्झौता खारेजीका लागि खबरदारी पत्रको साथै एसएमएस पठाउने, १५ गतेसम्म स्थानीय स्तरमा एमसीसी सम्झौता खारेजी र सीमा कब्जाको विरोधमा विरोध सभा गर्ने, १४ गते काठमाडौंमा एमसीसी सम्झौता खारेजीको लागि अभियान चलाएका विभिन्न संघ, सस्था,व्यक्तिसहितको अन्तरक्रिया कार्यक्रम गर्ने, १६ गते संसद घेर्ने लगायत छन्।

यस्तै, फागुन १३ गते दश राजनीतिक दलको उच्चस्तरीय बैठक बसेर संघर्षलाई उच्च स्तरसम्म लैजान नेपाल बन्द सहितका ठोस कार्यक्रमहरु तय गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ।

नौ दलीय गठबन्धनले सातवटै प्रदेश तथा जिल्लाहरुमा एमसीसी र सीमा अतिक्रमण विरुद्ध कार्यक्रम गर्दै आएका छन्। गठबन्धनमा नेकपा (संयुक्त) हालै थपिएर ‘दश दलीय मोर्चा’ बनेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad