नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान भेटवार्ताका लागि प्रचण्ड र नेपाल विराटनगरस्थित कोइराला निवास पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक अवस्था र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ।
तीनै नेताबीच समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
576
Shares

प्रतिक्रिया