राजनीति


भारतमा बस दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

भारतमा बस दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपालखबर
फागुन ११, २०७६ आइतबार १४:३३,

नेपाली कांग्रेसले तीर्थयात्राका लागि भारत गएका छ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा छ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए। उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad