राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट कविन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
चितवनमा जारी प्रथम महाधिवेशनमा फेरि पदमा दोहोरिन उम्मेदवारी दिएका निवर्तमान महामन्त्री बुर्लाकोटीले अन्तिम समयमा प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।
योसँगै अब रास्वपाको एक महामन्त्री पदका लागि ८ जना मात्रै उम्मेदवार कायम भएका छन्।
यसअघि पूर्वसञ्चारमन्त्री जगदीश खरेलले पनि महामन्त्री पदबाट नाम फिर्ता लिइसकेका छन्।
अब महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य उम्मेदवार छन्।
324
Shares

प्रतिक्रिया